Our Products
विश्वमा करिब १० प्रकारका रातो रंगका चामलहरु पाइन्छन् । ती मध्येको चिसो ठाउँमा फल्ने चामल हो मार्सी । मार्सीको अर्थ पानीजम्ने ठाउँ हो । पानी जम्ने ठाउँमा फल्ने भएकोले यस प्रकारको रातो रंगको चामललाई मार्सी भनिन्छ । कृषि अनुसन्धान केन्द्र जुम्लाका वैज्ञानिक डाक्टर श्रीप्रसाद बिष्टले उच्च पहाडी भागमा हुने रैथाने जातको धान नै जुम्ली मार्सी भएको बताएको पाइन्छ । मार्सी धान संसारको उच्च ठाउँमा धान फल्ने भाग छुमचौर (२७ सय ९० मिटर) सिञ्जा उपत्यका लगायत कर्णाली प्रदेशका हुम्ला, जुम्ला, मुगु र कालिकोटमा पनि उत्पादन हुन्छ ।
मार्सीको चामल परम्परागत प्रयोग:
मार्सी देवतालाई चढाउने, चाडपर्वमा खाने, पाहुना, कूल कुटुम्बहरुलाई सत्कारको रुपमा खुवाउने, बिरामीहरुलाई औषधीको रुपमा जाउलो खुवाउने, सुत्केरी अवस्थामा पनि तागत प्रदान गर्छ भन्ने मान्यताको आधारमा कर्णालीमा मार्सी चामलको उपभोग गर्दै आएको पाइन्छ ।
मार्सी चामलका फाइदाहरु:
नार्कका बैज्ञानिक रुद्र भटराईका अनुसार चिसो हावापानीमा स्टार्च नामक पोषण तत्व हुन्छ । यही चिसोमा फल्ने भएका कारण मार्सी चामलमा स्टार्च अत्यधिक पाइन्छ । जसका कारण मार्सीको भातले चाँडै भोक लाग्दैन । पौष्टिकताबढी हुन्छ । फाइवरको मात्रा बढी हुने भएकाले सुगर र प्रेसरको रोगीलाई उपयुक्त मानिन्छ ।
मार्सी चामल पकाउने तरिकाः
सर्वप्रथम मार्सी चामललाई राम्ररी केलाएर मनतातोपानीमा करिब ३० मिनेट सम्म भिजाउने । ३० मिनेट पछि चामलभन्दा अलि बढी पानी हालेर पकाउन सकिन्छ ।
Add a review
![](https://karnalimart.com/wp-content/themes/karnlaiMart/assets/img/karnali_mart_qr.jpg)
No reviews yet. Be the first to review this product!