Making Life Healthy
मार्सीको परिचय
विश्वमा करिब १० प्रकारका रातो रंगका चामलहरु पाइन्छन् । ती मध्येको चिसो ठाउँमा फल्ने चामल हो मार्सी । मार्सीको अर्थ पानीजम्ने ठाउँ हो । पानी जम्ने ठाउँमा फल्ने भएकोले यस प्रकारको रातो रंगको चामललाई मार्सी भन्न सकिन्छ । कृषि अनुसन्धान केन्द्र जुम्लाका वैज्ञानिक डाक्टर श्रीप्रसाद बिष्टले उच्च पहाडी भागमा हुने रैथाने जातको धान नै जुम्ली मार्सी भएको बताएको पाइन्छ । मार्सी धान संसारको उच्च ठाउँमा धान फल्ने भाग छुमचौर (२७ सय ९० मिटर) सिञ्जा उपत्यका लगायत कर्णाली प्रदेशका हुम्ला, जुम्ला, मुगु र कालिकोटमा पनि उत्पादन हुन्छ ।
मार्सीको ऐतिहासिकता
१२ औं शताब्दीमा जुम्लाको तातोपानीमा पहिलो पटक यो धान रोपिएको स्थानीयबासिन्दााको किंवदन्ती छ । त्यतिबेला गुरु चन्दननाथ बाबाले भारतको कश्मीरबाट कालीमार्सी धानको बीउ ल्याइ तातोपानीको लाक्षु ज्यूलामा लछालकृति पैकलालाई तालिम दिई लाछु ज्युलोमा धान खेती विस्तार गरेको इतिहास रहेको स्थानीय वासिन्दाहरुको मत रहेको पाइन्छ । तातोपानीमा एक सुपो (नाङ्लो) धान हुने खेत अहिले पनि छ । त्यो खेतमा जहिले पनि एक सुपो धान हुन्छ । योसँग इतिहाससँग जोडिएको तथ्य हो । पछिल्लो समयमा चन्दननाथ मन्दिरको शेरा ज्युलोमा खेती गर्ने चलन थियो । यही कारण मार्सी पाकेपछि पहिलोचोटि चन्दनाथ बाबालाई चढाउने प्रचलन अहिले पनि निरन्तर हुँदै आएको छ ।
मार्सीको चामलको उपभोगको अवस्था
मार्सी देवतालाई चढाउने, चाडपर्वमा खाने, पाहुना, कूल कुटुम्बहरुलाई सत्कारको रुपमा खुवाउने, बिरामीहरुलाई औषधीको रुपमा जाउलो खुवाउने, सुत्केरी अवस्थामा पनि तागत प्रदान गर्छ भन्ने मान्यताको आधारमा कर्णालीमा मार्सी चामलको उपभोग गर्दै आएको हुनाले कर्नालीकाे खाद्य संस्कृतिमा मार्सीकाे महिमा घटेको छैन ।
मार्सी र नेता बीचको नाता
प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत यात्रामा जाँदा बेलायतकै रानीको इच्छा अनुसार मार्सी चामलको उपहार लिएको कुरा इतिहासकार प्रा. डा.त्रिरत्न मानन्धरले बताएको पाइन्छ । त्यसपछि अर्का राणाप्रधानमन्त्री चन्द्रशमशेरको पालामा दैनिक २ माना काठमाडौं पठाउने चलन थियो । यही मार्सी चामलकै कारण कर्णालीमा हुलाकी बाटोको विकास भएको भन्ने एकथरिको भनाइ रहेको पाइन्छ । जुद्ध शमशेरको पालामा राणा विरुद्ध आन्दोलन भएको कारण मार्सीको निरन्तरता औपचारिक रुपले रोकिए पनि अनौपचारिक रुपमा ओसारपसार गर्ने काम भइरहेको थियो भन्ने स्थानीयहरुको मत पाइन्छ । विगतदेखि प्रधानमन्त्री, मन्त्रीहरु, तत्कालीन सरकारी उच्च पदाधिकारीहरु, उच्च घराना र व्यवपारीहरुले खाँदै आएका थिए । यो कुराको तथ्य व्यपारी दुर्गा प्रसाईले आफ्नो घरमा हालका प्रधामन्त्री के.पी. ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई मार्सीको खाना खुवाएको घटना सोसल मिडियाको कारण आम जनसमुदायले थाहा पाउने स्थिति बन्यो । मार्सी उच्च महत्वको चामल भएकै कारण राणा, राजा, पञ्चायत, बहुदल, गणतन्त्रसम्म आइपुग्दा सबैको रोजाइको खाना भएको मान्न सकिन्छ ।
मार्सी खेतीको अवस्था र तरिका
कर्णालीको जुम्ला जिल्लामा मात्रै मार्सी खेती हुन्छ भन्ने चर्चा सर्वत्र सुनिन्छ, त्यो सत्य होइन । मात्राको हिसाबले जुम्लामा बढी उत्पादन हुन्छ । समुन्द्रसतहबाट करिब ३,००० मिटरमा फल्ने मार्सी चामल माइनस ४ डिग्रीको चिसो हावापानीमा फल्ने गर्दछ । मार्सी जुम्ला बाहेक कर्णालीका हुम्ला, मुगु, डोल्पा र कालिकोटमा फल्छ । जुम्लाका गाउँहरुमा जुम्ली मार्सीको बीउ राख्दा निश्चित दिनबार नै तोकिएको छ, जुन चलनको निरन्तरता अहिलेसम्म रहिआएको छ । हरेक वर्ष चैत्र १२ गते बीउ केलाउने र पानीमा भिजाउने, १६ गते निकालेर टुसा उमार्नका लागि तातो गरेर ढाकेर राख्ने चलन रहेको छ । यसरी टुसा उमारेको बीउ चैत २० गते छर्ने चलन रहेको छ । त्यसै दिन मार्सी छरिएकै कारण विसुवा पर्व पनि यहाँ मनाइने गरिन्छ । करिब ८ महिनामा यो धान पाक्छ ।
मार्सी चामलका फाइदाहरु
नार्कका बैज्ञानिक रुद्र भटराईका अनुसार चिसो हावापानीमा स्टार्च नामक पोषण तत्व हुन्छ । यही चिसोमा फल्ने भएका कारण मार्सी चामलमा स्टार्च अत्यधिक पाइन्छ । जसका कारण मार्सीको भातले चाँडै भोक लाग्दैन । पौष्टिकताबढी हुन्छ । फाइवरको मात्रा बढी हुने भएकाले सुगर र प्रेसरको रोगीलाई उपयुक्त मानिन्छ ।
हेल्थ वेनिफिट टाइम्सका अनुसार मार्सी अथवा रातो चामलका अन्य फाइदाहरु
१. हृदयघातलाई रोक्न मद्दत गर्न सक्छ ।
रगतमा कम(घनत्वको लिपोप्रोटीन)को अधिक मात्राले धमनीहरूको भित्तामा पट्टिका निर्माण गर्दछ । रातो चामलले विशेष धमनीहरूको आकार संकुचन गर्दछ र कोरोनरी धमनी रोक्न सक्छ, हृदयघातको कारण कोलेस्ट्रॉलको स्तर कम गर्नाले मुटु रोगको सम्भावना कम हुन्छ ।
२. रगतमा ग्लुकोजको मात्रा कम गर्छ ।
मधुमेह रोगीहरूमा अनियन्त्रित रगत ग्लुकोजको स्तरले आँखा, मिर्गौला र कोरोनरी मुटु बिगार्न सक्छ । रगतमा चिनीको मात्रा नियन्त्रण गर्दा यी खतराहरू कम हुन्छन्।् । रातो चामलको सेवनले रगतमा ग्लुकोजको मात्रा कम गर्छ ।
३. मोटोपनाको जोखिम कम गर्दछ ।
रातो भातले खाने चाहानालाई कम गर्न मद्दत गर्दछ र वास्तवमै लामो समयको लागि पूर्ण महसुस गर्न सक्दछ । यसबाहेक, रातो चामलले शरीरमा उर्जा प्रदान गर्दछ र पाचनमा मद्दत गर्दछ । रातो चामल पूर्ण रूपले फ्याट(फ्री छ । उच्च फ्याट खपतले मोटोपनाको सम्भावना बढाउँछ ।
४.दमसँग लड्न मद्दत गर्दछ ।
रातो भात मैग्नीशियमको उत्कृष्ट स्रोत हो, जसले मानिसको सास फेर्ने ढाँचा व्यवस्थित गर्न मद्दत गर्दछ । रातो चावल नियमित रूपमा सेवन गर्दा दमको समस्याबाट बच्न मद्दत गर्दछ । यो वास्तवमै रातो चामल खाने उत्तम फाइदाहरू मध्येको एक हो । यदि तपाईं दमबाट पीडित हुनुहुन्छ भने, आफ्नो डाक्टरसँग कुरा गर्नुहोस् र पत्ता लगाउनुहोस् कि तपाईं रातो चामल उपभोग गर्न सक्नुहुन्छ कि सक्दैन
५.रातो चामलमा शक्तिशाली एन्टीआक्सीडन्टको मात्रा अधिक हुन्छ ।
रातो चामल अतिरिक्त रूपमा प्रभावकारी एन्टी (अक्सिडेंटहरूसँग लोड हुन्छ जुन छालाको लागि अत्यधिक उपचारात्मक हो । रातो भात पिउँदा प्राय छालामा राम्रो रेखा र चाउरी देखा पर्न जोगिन सक्छ । साथै, रातो चामलले छाला कडा र कडा बनाउन मद्दत र्पुयाउँछ ।
६.रातो चामल हड्डीको स्वास्थ्यको लागि राम्रो मानिन्छ ।
रातो चामल म्याग्नीशियमको उत्कृष्ट स्रोत हो, जुन मानिसकोे स्वास्थ्यको लागि आदर्श हो । म्याग्नीशियम स्वस्थ हड्डीहरू निर्माण गर्न आवश्यक महत्वपूर्ण पोषक हो र म्याग्नीशियमको अस्थिरपना अस्थिपरोसिस र कम हड्डी घनत्व पछि जीवनमा हुन सक्छ ।
७.रातो चामलमा फाइबरको मात्रा अत्यधिक हुन्छ ।
मार्सी चामलले मानिसको दैनिक फाईबर आवश्यकताहरू पूरा गर्न सहयोग पुयाउन साँच्चिकै महत्वपूर्ण मानिन्छ । फाइबरले कब्जियत रोकथाम गर्न, र आन्द्राको कार्यलाई बृद्धि गर्न सहयोग पुगाउँछ । जबकि सेतो चामल काब्र्सले भरिएको छ, रातो चावल फाइबरले भरिएको छ । मार्सीले नियमित रूपमा शरीरलाई उर्जा प्रदान गर्दछ ।
मार्सीको मूल्य र बजारको अवस्था:
मार्सी चामलको मूल्य हाल बजारमा एकनासको छैन । रु.३०० देखि ३५० सम्म मार्सीको मूल्य काठमाडौंका अर्गानिक स्टोर तथा डिपार्टमेण्टल स्टोरमा बिक्री वितरण भएको पाइन्छन् । मूल्य निर्धारणका पछाडि प्याकेजिंग, खरिद मूल्य तथा मिसावटमा पनि भर पर्छ । बजारमा मार्सीको नाममा मिसावट भएको पनि थुप्रै पाइन्छ । उपभोक्ताहरुले यसबारे जानकारी अवश्य लिनै पर्ने हुन्छ । मार्सी नै नदेखेको, नचिनेको मानिसहरुले समेत जुम्ला, हुम्लाको मार्सी भनेर बेचेको पाइन्छ । पछिल्लो समय उपभाेक्ताहरु मूल्य र गुणस्तरमा फरकपन नअाअाेस् भनेर कर्नालीका उद्ममीहरुकाे पहलमा ललितपुर जिल्लाको एकान्तकुनामा कर्नाली मार्ट सञ्चालनमा ल्याएको देखिन्छ ।
निष्कर्ष:
राणा, पञ्चायत, दरबार, बहुदल हुँदै गणतन्त्रसम्म आइपुग्दा प्रधानमन्त्री, मन्त्रीहरु, संवैधानिक निकाय, कुटनितिक निकाय, उच्च सरकारी कर्मचारी, उच्च घराना, व्यापारी, कलाकार र पत्रकारहरुको रोजाइको खाना मार्सी बन्दै आएको पाइन्छ । राणा प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत यात्रामा जाँदा बेलायतकी रानीलाई उपहार लिएको इतिहास धेरैलाई थाहा नहुन सक्छ । तर मेडिकल सञ्चालक दुर्गा दुर्गा प्रसाईले आफ्नो घरमा गणतन्त्र पश्चातका प्रधानमन्त्रीहरु द्धय के.पी.शर्माओली र पुष्पकमल दाहाल (प्रचण्ड) लाई मार्सीको खाना खुवाएको घटना सोसल मिडियाको कारण आम जनसमुदायले थाहा पाइयो । यति मूल्यवान् मार्सी चामल फलाउने कर्णाली प्रदेश कर्नाली अभाव र गरिबीको पर्याय हुँदै होइन । कर्नालीमा असीम सम्भावना छन् भनेर व्याख्या गर्ने समय पनि अहिले छैन । मार्सी कर्नाली प्रदेशको साझा पहिचान हो । अब मार्सीको नियमित सेवन आम उपभोक्ताले गर्न सके कर्नालीको माैलिक खाद्य संस्कृति बचाउनमा निकै ठूलो योगदान पुग्नेछ । र अन्त्यमा, मार्सी खाऔं, मिसन मार्सीलाई सफल बनाऔं ।
(लेखक दिपक बहादुर बुढा अर्गानिक अभियान्ता तथा कर्नाली मार्टका अध्यक्ष हुनुहुन्छ)